नियम १३
मासुको ओसार पसार

(१) मासु ओसार पसार गर्दा ओसार पसार गर्ने साधन देहाय बमोजिमको हुनु पर्नेछ :–

(क) मासु ओसार पसार गर्ने साधनको भित्री भागमा प्रयोग गरिएको सबै सामग्रीहरु खिया नलाग्ने, चिल्लो सतह भएको, पानी नसोस्ने, सजिलैसग सफा गर्न सकिने र निःसंक्रमण गर्दा प्रयोग गरिने रसायनले कुनै असर नपर्ने खालको भएको,
(ख) मासु ओसार पसार गर्ने साधनमा जडित भ्याल ढोकाहरु राम्ररी बन्द गर्न सकिने किसिमको भएको,
(ग) मासु ओसार पसार गर्नुपर्ने अवधिभर आवश्यक तापक्रम मिलाएर राख्न सकिने किसिमको भएको,
(घ) मासु ओसार पसार गर्दा मासु राख्न प्रयोग हुने भांडोको भित्री भाग, औजार तथा उपकरण सफा र खिया नलाग्ने भएको ।

(२) मासु ओसार पसार गर्दा देहाय बमोजिमको व्यवस्था मिलाइएको हुनु पर्नेछ :–
(क) मासुको ओसार पसार खुल्ला रुपमा गर्न नपाइने,
(ख) मासुसग आन्द्रा भुंडी, भित्र्यांश, टाउको, खुट्टी जस्ता पदार्थ ओसार पसार गर्नु परेमा मासुसग लसपस नहुने गरी अलग अलग बन्द गरी लैजानु पर्ने,
(ग) मासु ओसार पसार गरिने साधन मासु राख्नु अघि निःसंक्रमण गरिएको हुनुपर्ने,
(घ) ओसार पसार हुने मासुको कुनै पनि भाग जमिन वा खुला ठाउमानछोइएको र अन्य कुनैवस्तुबाट दुषित नभएको हुनुपर्ने,
(ङ) मासुको ओसार पसारमा प्रत्यक्ष संलग्न रहने व्यक्ति क्षयरोग वा अन्य संक्रामक रोग लागेको हुन नहुने ।।